सूचनाको शक्ति - The Power Of Information

        

सेक्स गर्दा कति समयमा मिल्छ दुवैलाई सन्तुष्टि

हरेक पुरूषको तुलनामा महिलाको सेक्स टाइम बढि हुने गरेको पाइन्छ । अधिकांश मानिसहरुमा जान्ने इच्छा हुन्छ कि सेक्सलाई कति समय दिने अर्थात एक पटकमा कति मिनेटसम्म सेक्स गर्नुपर्छ ? यसको कारण भनेको सेक्सलाई लिएर थुप्रै मानिसमा शंका उत्पन्न भएको हुन्छ ।

भर्खरै कैयौ महिलाहरुसँग यस बारेमा गरिएको कुराकानीबाट आश्चर्यजनक खुलासा भएको छ । सर्वेक्षणमा महिलाहरुलाई सोधियो कि उनीहरु सेक्समा कति समय विताउँछन् । यो प्रश्नमा अधिकांश महिलाहरुले ५ देखि ९ मिनेटसम्म सेक्स गर्ने गरेको बताए र पुरै सेक्स आनन्द उठाउन १० देखि १४ मिनेट लाग्ने गरेको केहिको भनाई पाइएको छ ।

सेक्सबारे धेरैको धारणा फरक फरक भए पनि नेपालीहरूको सेक्स समय भनेको ५ देखि ७ मिनेटको पाइएको छ । नेपाली महिलाहरूलाई सेक्सको सन्तुष्टिबारे सोधेको प्रश्नमा आनन्द कस्तो हुन्छ केहि थाहा छैन । सेक्स सन्तान जन्माउने उधोगको रूपमा हेर्ने गरेको केहिको भनाई रहेको छ । सेक्स लामो र छोटोसंग सम्बन्ध छैन ।

सेक्स सन्तुष्टिमा भर पर्छ । कुनैको चाहना र इच्छामा भर पर्छ । नेपालीहरू खुलेर सेक्स गर्न रूचाउदैनन् उसले चाँडो स्खलन हुने गरेको पाइन्छ । सेक्स गर्दा दुवैको सहयोग बराबर भएमा मात्र दुवै सन्तष्टि हुने गरेको पाइन्छ । रिल्याक्स मुडमा र फ्रि टाइममा फेसटु फेस गरेको सेक्स र डर र त्रास बस गरेको सेक्समा स्खलन प्राय चाडो भएको देखिन्छ ।

सेक्स केवल सन्तान उत्पादन मात्र नभई मनोरन्जन र स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ भन्ने कुरा हरेकले बुझ्न आवश्यक छ । यद्यपी विशेषज्ञहरु भन्छन्, जति लामो समयसम्म सेक्स गर्नुहुन्छ त्यति नै राम्रो । यसका लागि आफ्नो पार्टनरको साथ नै सन्तुष्ट पाउने आधार हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार ०८:३३