केही नबोली स्टोर्मी डेनियल्सले मन्द मुस्कान मात्र दिइन् । प्रश्न यौनसँग जोडिएको थियो जुन उनले टेलिभिजन च्यानलमा दावी गरेकी थिइन्, डोनाल्ड ट्रम्पसँग सेक्स भएको थियो । डेनियल्स जसको सहि नाम हो स्टेफनिक क्लिफोर्ड, पोर्न स्टार ।
राष्ट्रपतिसँगको यौन सम्बन्धको विषय एकाएक चर्चामा जब ट्रम्पका वकिल मिखेल कोहेनले चुनावको एक साताअघि १ लाख ३० हजार अमेरिकी डलर तिरेर पोर्नस्टारको मुख बन्द गराएको सार्वजनिक भयो ।
विषय चर्चामा आएपछि टेलिभिजन अन्तर्वार्तामा उनलाई सोधिएको थियो, ‘तपाइको डोनाल्ड ट्रम्पसँग यौन सम्बन्ध भएको थियो ?’ उत्तरमा उनले रहस्यमयी मुस्कान मात्रै दिइन् । एक सन्तानकी आमा समेत रहेकी उनी यतिखेर चर्चाको केन्द्रमा छिन् ।
‘कसैले पनि मलाई दोहोर्याएर हेर्दैन थिए,’ चर्चाको केन्द्रमा रहँदा उनको प्रतिक्रिया थियो, ‘अहिले जोसुकैले पनि मलाई नै हेरिरहेका छन् ।’ ३९ वर्षीया पोर्नस्टारले १५० भन्दा बढी फिल्म गरिसकेकी छिन् । जसमा गुड विल हम्पिङ र अपरेसन डिजर्स स्ट्रोमीसमेत सामेल छन् ।
उनले टच म्यागेजिनसँग कुरा गर्दा ट्रम्पसँग सेक्सुअल रिलेसन रहेको बताइन् । भविष्यको अमेरिकी राष्ट्रपतिसँग त्यस्तो सम्बन्ध एक वर्षसम्म कायम थियो । ‘कुनै दिन आवश्यकता पर्यो भने म उनका खराबीलाई खोल्न सक्छु,’ सन् २०११ मा ड्यानियल्सले भनेकी थिइन् ।
उनले सन् २००६ मा ट्रम्पसँग ह्यारिस क्यासिनो होटलको रुममा यौन सम्बन्ध कायम गरेको बताइएकी थिइन् जहाँ च्यारिटीका लागि सेलिब्रिटीले गल्फ खेलेका थिए । ट्रम्पका वकिलले डेनाइल्सलाई पैसा दिएर चुप लगाएको विषयलाई अस्वीकार गरेका छन् ।
वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुने तयारीमा रहेकी फस्ट लेडीले स्विट्जरल्यान्डको डाभोस यात्रा क्यान्सिल गर्नुका पछाडि यही खुलासा रहेको अनुमान गरिएको छ । यद्यपि ट्रम्पका प्रवक्ताले सेड्युल र लजिस्टिक इस्युका कारण उनी नगएको दावी गरेकी छिन् ।
उनीहरूको यौन सम्बन्ध त्यतिखेर भएको खुलासा भएको छ जतिखेर ट्रम्पकी पत्नी मेलेनियाले एक महिना अघिमात्र छोरो वारोनलाई जन्म दिएकी थिइन् । डेनियल्सले यौन सम्बन्धमात्र होइन २०११ को अन्तर्वार्तामा रासलीलाका तरिकाबारे पनि खुलाएकी थिइन् ।
सत्यपाटी संवाददाता । न्यूयोर्क