सूचनाको शक्ति - The Power Of Information

        

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो । पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए ।

उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए ।

उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १८:१६