सूचनाको शक्ति - The Power Of Information

        

शहिद स्मारक लिग : आज तीन खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिग फुटवलमा आज तीन खेल हुँदै छन् ।

जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान ललितपुरमा हुँदैछ । च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लव र संकटा क्लव एक आपसमा भिडने छन् ।

जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लव र मच्छिन्द्र फुटबल क्लव भिडनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

उता, रंगशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०८:५०