सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेको वरीयता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) तर्फको बलिङ वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १९ औं स्थानमा कायम रहेका छन् ।

बलिङतर्फ नै सोमपाल कामी ६७ औं र दीपेन्द्र सिंह ऐरी ५५ औं स्थानमा यथावत् छन् । अर्का तीव्र गति बलर करण केसी ९० औं स्थानमा यथावत छन् ।

ब्याटिङतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ६७ औं र ओपनर ब्याटर आसिफ शेख ७४ औं स्थानमा छन् ।सार्वजनिक पछिल्लो वरियता अनुसार नेपाल १४ औं स्थानमा कायमै रहेको छ ।

नेपालभन्दा पछाडी नेदरल्यान्ड्स, ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् । वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहँदा पाकिस्तान दोस्रो, भारत तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १७:४८