सूचनाको शक्ति - The Power Of Information

        

श्रद्धाले किन लेखिन् अवार्ड किन्न पनि सकिन्छ ?

नायिका श्रद्धा क्षेत्रीले फिल्म ‘कृष्णलीला’बाट फिल्म क्षेत्रमा डेब्यू गरिन् । यो फिल्म असफल भएपछि श्रद्धा पनि मारमा परिन् । फिल्ममा उनले राम्रै काम गरेकी थिइन् । नयाँ नायिकाको रुपमा उनले फिल्म क्षेत्रमा सम्भावना पनि देखाएकी थिइन् ।

तर, यसपछि उनले नयाँ फिल्ममा काम गर्ने सुरसार छैन । बरु, उनले अभिनय गरेको ‘मेसो मिलाएर’ बोलको गीत भने सुपरहिट भयो । यो गीत सुपरहिट भएपछि श्रद्धाको चर्चा पनि चुलिएको छ । यही बिचमा आइतबार आयोजना भएको ‘११ औं नेफ्टा फिल्म अवार्ड’को उत्कृष्ट ५ को सूची सार्वजनिक कार्यक्रममा श्रद्धा पनि पुगेकी थिइन् ।

श्रद्धालाई डेब्यू नायिकाको रुपमा टप ५ मा पर्ने आशासमेत थियो । तर, जुरी र आयोजकले उनलाई डेब्यू नायिकाको रुपमा टप ५ मा राखेनन् । श्रद्धा टप ५ मा नपरेपछि केही दुःखी त पक्कै हुने नै भइन् । उनले सामाजिक सञ्जालमा अवार्ड किन्न पनि सकिन्छ भनेर लेखेकी छिन् ।

उनले, अवार्ड किन्न पनि सकिने तर पुरस्कार सम्मान भने कमाउनुपर्ने उनको तर्क छ । श्रद्धाले अवार्ड किन्न पनि सकिन्छ भनेर सोझौ नेफ्टाको आयोजक र नेपालमा अवार्डको बर्तमान अवस्थामाथि नै प्रश्न उठाइदिएकी छिन् । के नेपालको अवार्ड किन्न पनि सकिन्छ ? यो बिषयमा अवार्ड आयोजकले जवाफ दिन आवश्यक छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १६:१७