यो गाउँमा एक जना पनि पुरुष छैन । यहाँ महिला पूर्ण स्वतन्त्रताका साथ बाँचिरहेका छन् । यो गाउँमा महिलालाई बस्न पूर्ण स्वतन्त्रता छ । तर यहाँ पुरुषको बसाइमा प्रतिबन्ध छ । यो गाउँ केन्याको सम्भुरु राज्यमा छ र यस गाउँको नाम उमोजा हो ।
यहाँ ती महिलाहरू बस्छन् जो पुरुषको अत्याचारबाट पीडित छन्। यहाँका सबै महिला घरेलु हिंसा वा बलात्कारको सिकार भएका छन् । यो गाउँलाई महिलाको स्वर्ग भन्नु गलत हुनेछैन । यो गाउँ सन् १९९० को दशकमा बेलायती सेनाबाट बलात्कृत महिलाका लागि बनाइएको थियो ।
तर पछि घरेलु हिंसा, बलात्कार, बालविवाहका सिकार भएका महिलाहरू यहाँ बस्न थाले । यहाँका महिलाहरूको जीविकोपार्जनको साधन उनीहरूले बनाएका गरगहना हुन् । यसका अलावा धेरै सङ्घसंस्थाले पनि सहयोग गरिरहेका छन् । आज पनि यी महिलाहरूको जीवन धेरै कष्टकर छ, तर पनि यी महिलाहरू धेरै खुसी छन् किनभने यहाँ उनीहरूलाई पुरुषको अत्याचार सहनुपर्दैन ।
सत्यपाटी संवाददाता । काठमाडौं