गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । ललितपुर, कास्की लगायत जिल्लाका सिडिओको सरुवा भएको छ । गृह मन्त्रालयका अधिकारी ललितपुरमा रुद्रप्रसाद पण्डितको सरुवा भएको छ ।
उनी यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक थिए । ललितपुरका सिडिओ रहेका जयनारायण आचार्यलाई गृहमा तानिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा सहसचिव झक्क प्रसाद आचार्यलाई लगिएको छ ।
त्यस्तै, कास्कीमा वासुदेव घिमिरेको सरुवा भएको छ । विमानस्थल अध्यागमनमा हुँदा बदनाम उनलाई मन्त्रालय तानिएको थियो । सहसचिव बद्रि नाथ पाण्डेलाई धादिङ, शिवराज न्यौपानेलाई अछाम, कमलराज ढकाललाई अर्घाखाँची, टेकबहादुर केसीलाई गुल्मीको सिडिओमा सरुवा गरिएको छ ।
माधव प्रसाद शर्मालाई रुकुम पूर्व, गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेललाई तेह्रथुम, इलाका प्रशासन कार्यालय बाराका मोहन प्रसाद अर्याललाई बर्दिया, अध्यागमन विभागका तुलाराज सुनुवारलाई सुर्खेतको सिडिओमा सरुवा गरिएको छ । सिडिओ सरुवामा चलखेल देखिएको गृह मन्त्रालय स्रोत बताउँछ ।
सत्यपाटी संवाददाता । काठमाडौं