सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्ड र डा. बाबुराम भट्टराईबीच भेटवार्ता जारी

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले प्रचण्ड र भट्टराईबीच छलफल भइरहेको हो ।

भेटमा भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।

भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिँदै आएका छन् । उनले केही दिन अगाडि विज्ञप्ति जारी गर्दै आफ्नै देशका  नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यसका लागि राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध भएको बताएका थिए ।

भुटानी शरणार्थी प्रकरणमा उच्च तहका नेता नै पक्राउ परेपछि विभिन्न दलका नेता तथा नागरिक अगुवाहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर दोषीलाई कारबाही गर्न खुट्टा नकमाउन र कसैको प्रभावमा नपर्न आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०८:२८