सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका ८ सहकारीको एकीकृत कारोबार

बाँकेमा आठ वटा सहकारीबीच एकीकरण भएको छ ।

राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ८ मा सम्पन्न एकीकरण घोषणा कार्यक्रममा राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकाका साना किसान सहकारी एकीकरण भएका हुन् ।

एकीकरणपश्चात सहकारीमा १० हजार ५ सय सदस्य तथा शेयर पुँजी १० करोड ६ लाख रुपिया“ रहेको छ । बचत ५९ करोड, ऋण ३८ करोड र सदस्यस“गको ऋण १ अर्ब १२ करोड रहेको छ ।

एकीकरण हुने सहकारीमा राप्ती सोनारी गाउ“पालिकाको वडा नम्बर ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवपुरी, वडा नम्बर ४ मा रहेको सूर्यलक्ष्मी साना किसान सहकारी संस्था लिमिटेड, वडा नम्बर ५ मा रहेको सौगात साना किसान कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।

बैजनाथ गाउ“पालिकाको वडा नम्बर ६ मा रहेको लगनशील साना किसान कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ८ मा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, खजुरा गाउँपालिकाको वडा नम्बर २ र ८ मा रहेका नवज्योति साना किसान कृषि सहकारी संस्था लिमिटेड र हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड र जानकी गाउ“पालिका वडा नं. ६ मा रहेको आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्थाहरु एकीकरण भएका छन् ।

आठ वटा सहकारी एकीकरण भएर राप्ती सोनारी वडा नं. ८ मा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बनेको अष्टम साना किसानका मृख्य प्रवन्धक हरिश केसीले जनाकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सांसद दुर्गाप्रसाद चौधरीको प्रमुख आतिथ्यता र नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्मालगायतको उपस्थितिमा अष्टम साना किसानले उक्त आठ वटा सहकारीको एकीकरण घोषणा कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रदेश सांसद चौधरीले देशमा सहकारीको संख्या धेरै भएकाले गुणस्तर कम भएको बताउँदै अब सहकारीको संख्यालाई घटाउँदै सहकारीको गुणस्तरमा वृद्धि गर्न तर्फ सरकारले चासो दिनु पर्नेे बताउनुभयो ।

केन्द्रीय उपाध्यक्ष शर्माले महासंघले सहकारीमा देखिएका विकृतिलाई अन्त्य गर्न सहकारीको एकीकरण अभियान सुरु गरेको बताउनुभयो ।साना सहकारीको एकीकरणसँगै कार्यसमिति चयन गर्ने काम पनि सम्पन्न भएको छ ।

एकीकरण भएका सहकारीहरुबाट चयन भएर आएका ११ जना सदस्यले अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष देवबहादुर वलीसहितको कार्यसमिति र लेखा समितिमा सर्वसम्मत चयन गरेका छन् । वली राप्तीसोनारी वडा नं. ८, महादेवपुरीमा रहेको साना किसान कृषि सहरकारीका अध्यक्ष हुन् ।

कार्यसमितिको उपाध्यक्षमा जगद शाही चयन भए भने सदस्यहरुमा रुपाकुमारी बुढा, टेक आचार्य, लक्ष्मी चौधरी, चेतकुमारी बुढाथोकी, बिमला बुढाथोकी, कर्णबहादुर खड्का, सुनिता चौधरी, नेतराम गडरिया र जीवन कडेल चयन भएका छन् ।

त्यस्तै लेखा समितिमा कमानसिंह खनालको संयोजकमा तीन सदस्य समिति पनि चयन गरिएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०८:२४