सूचनाको शक्ति - The Power Of Information

        

बाबुरामले दिए रेशम चौधरीलाई ‘क्रान्तिकारी’ को संज्ञा

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डमा दोषी ठहरिएपछि जन्मकैद काटिरहेका रेशम चौधरीलाई क्रान्तिकारीको संज्ञा दिएका  छन् ।

‘अदालत र न्यायाधीसले पुरानारविद्यमान कानुन, नजिर, सोँच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो र विद्यमानसँग विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच र मान्यता र विधि स्थापित गर्न खोज्छन्’, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार बिहान ट्विट गरेका छन्, ‘इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ। रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम ।’

टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दिपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

सोबारे भट्टराईले अदालत र न्यायाधीशले पुराना र विद्यमान कानुन, नजिर, सोँच राखेर अपराधको परिभाषा गर्ने र सोहीअनुसार अपराधी मानिएकालाई दण्ड सुनाउने बताउँदै  इतिहासमा यस्ता अन्तरविरोध चलिरहने उल्लेख गरेका हुन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०८:१०