सूचनाको शक्ति - The Power Of Information

        

फिल्म `नम्बरी सुन्´ को गीत रिलिज (भिडियो)

नायिका नम्रता साप्कोटा र नायक गौरव पहारीको अभिनय रहेको फिल्म `नम्बरी सुन्´ को गीत रिलिज गरिएको छ । सार्वजनिक गरिएको लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको युगल स्वर रहेको छ ।

सन्तोष श्रेष्ठको संगीत तथा नारायण खातीको शब्द रहेको गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता श्रेष्ठसहित राजाराम पौडेल, बुद्धि तामाङ र विनोद न्यौपाने पनि नृत्य गर्दै देखिएका छन् ।

प्रस्तुतकर्ता खातीकै कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको ‘नम्बरी सुन’को निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् ।

फिल्मका निर्देशक राजु गिरी हुन् । रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन रहेको छ ।

साथै , निर्माण टिमले फिल्म हेर्ने दर्शक मध्य एक भाग्यशाली दर्शकलाई सुन उपहार दिने पनि घोषणा गरेका छ्न्  ।दर्शकले फिल्म हेर्न काटेको टिकटको फोटो ‘नम्बरी सुन’को फेसबुक पेज, भाइबर, व्हाट्सएप र इमेलमार्फत् पठाउनु पर्ने र त्यसमध्येबाट गोलाप्रथा गरी एकजनालाई एक तोलाको सुनको सिक्री प्रदान गरिने छ ।

फिल्म आगामी भाद्र १गतेबाट रिलिजमा आउदै छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०७:५९