सूचनाको शक्ति - The Power Of Information

        

भारतीय नेता राहुल गान्धीविरुद्ध मानहानीको मुद्दा

भारतीय कांग्रेस आइ पार्टीका नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा मानहानी मुद्दा दायर भएको छ ।

कांग्रेस नेता गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टी (भाजपा) का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक स्थानीय नेताले मुद्दा दायर गरेका हुन् ।

नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्नसक्छ, कांग्रेसमा यो सम्भव छैन ’ भन्ने अभिब्यक्ति दिएका थिए । सोही प्रकरणमा उनीविरुद्ध मानहानीको मुद्दा परेको हो ।

यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो । यद्दपी अदालतको आदेशलाई चुनौती दिँदै गान्धीले उच्च अदालतमा तल्लो अदालतको सुचना खारेजीको माग सहित आवेदन दिएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०७:५२