सूचनाको शक्ति - The Power Of Information

        

‘अपराधको भारी पार्टीले बोक्न सक्दैन’

नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीले कारबाही गर्ने नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ ।

मंगलबार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार भेटघाट गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँण र आङ्टावा शेर्पालाई अनुसन्धान जारी रहेकाले तत्काल कारबाही नहुने बताएका थिए ।

तर, मंगलबार साँझ नै महामन्त्री गगन थापाले भने अपराधमा संग्लन नेताको भारी पार्टीले बोक्न नसक्ने भन्दै कारबाहीको माग गरेका हुन् ।

खाँण नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन् भने शेर्पा सोमबार आफैं प्रहरी कार्यालयमा हाजिर भएका थिए । उनलाई प्रहरीले हिरासतमा नै राखेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०७:४७