सूचनाको शक्ति - The Power Of Information

        

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा,एसि मिलान पराजित

एसि मिलानलाई हराउँदै इन्टर मिलान युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराती इटालीमा भएको सेमिफाइनल दोस्रो लेगको खेलाम १–० गोल अन्तरले जित्दै इन्टर मिलान फाइनलमा पुगेको हो । खेलमा इन्टरलाई विजयी गराउन लौतारो मार्टीनेजले निर्णायक गोल गरे । पहिलो लेगको खेल २–० ले जितेको इन्टरले

गएरातिको जितपछि समग्रमा खेल ३–० ले आफ्नो पक्षमा पा¥यो । सन् २०१० पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको इन्टर मिलानले उपाधिको लागि इंग्लीश क्लब म्यान्चेस्टर सिटी वा स्पेनको रियाल मड्रिडको सामना गर्नेछ ।

सिटी र रियालबिचको सेमिफाइनल दोस्रो लेगको खेल आज राती म्यान्चेस्टरमा हुनेछ । स्पेनमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०७:४४