सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० जेठ ३ गते बुधवारको राशिफल

२०८० जेठ ३ गते बुधवार, १७ मे २०२३ । ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि । रेवती नक्षत्र, ८ः०७ बजेपछि अश्विनी । चन्द्रराशि– मीन, ८ः०७ बजेपछि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । समय दिन नसक्दा बन्न लागेको काम समेत बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । यात्रा गर्ने प्रक्रिया रोकिन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साथ दिनेहरू नहुँदा दुःख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । समाजमा आलोचित बन्नुपर्ला । शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । सामान्य काममा धन र श्रम खर्च हुनेछ । चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । लगानीमा जोखिम बढ्ने समय छ । गोपनीयता बाहिरिन सक्छ । समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । सहयोगीहरू पछि हट्नेछन् र कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०७:२०