सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीले पाएको जन्मकैदको सजायलाई सदर गर्ने फैसला सुनाएको छ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले रेशमलाई सर्वस्वसहित जन्मकैद सजाय हुने कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको हो।
२०७२ सालमा भएको टीकापुर हत्याकाण्डमा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। सर्वोच्चले थुनामुक्तिका लागि रेशमले दायर गरेको रिटमाथि दाबी नपुग्ने ठहर गरेको हो।
सत्यपाटी संवाददाता । काठमाडौँ