सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीमा स्याउ काण्ड, डिआइजीमाथि तस्करीको आरोप

सशस्त्र प्रहरीबीच यतिबेला स्याउ तस्करी प्रकरणको कारबाही चर्चामा छ । गतसाता झापास्थित घेराबारी बिओपीका डिएसपी सुमन शर्मा र केचना बिओपीका इन्सपेक्टर ओकिल धानुकलाई कोशी प्रदेशका बाहिनीपति डिआइजी अन्जनीकुमार पोखरेलले हटाए ।

आफ्नो निर्देशनपछि मात्र तस्करी हुन लागेको स्याउ बरामद आरोप उनीमाथि छ । तर, उनीहरुको मिलेमतोको प्रष्ट प्रमाण जुटेको छैन । डिआइजी पोखरेलले सस्तो लोकिप्रयताका लागि कारबाही गरेर प्रचार गरेको आरोप लागेको छ ।

बाहिनीका एसपी बिक्रम हुमागाईको गलत रिपोर्टका कारण डिएसपी र इन्सपेक्टर पीडित बनेको चर्चा बाहिनीमा छ । ‘बिओपी मात्र मिलेर स्याउ तस्करी सम्भव नै छैन,’ बाहिनीका एक अधिकृत भन्छन्, ‘कि यसमा सबैको मिलेमतो हुनुपर्छ, नत्र डिआइजी र एसपीको मनसाय नै गलत हुनुपर्छ ।’

एसपी हुमागाई मोरङ गणमा हुंदा दर्जन बढी घुमुवा परिचालन गरेर कुस्त कमाएका अधिकृत हुन् । अहिले आफ्नो स्वार्थ अनुसार काम नगर्नेलाई उनले दुःख दिन थालेको स्रोत बताउँछ । डिआइजी पोखरेलले हालै पशुपतिनगर बिओपिका डिएसपी अशोक न्यौपाने तथा बरडंगा बिओपी मोरङका डिएसपी दिब्यराज कोइरालाले कमाण्ड गर्न नस्कने भन्दै काज फिर्ता गराए ।

कतिपय गलत गर्नेलाई कारबाहीले संगठन सुध्रने भएपनि कतिपय अवस्थामा भने हचुवाकै भरमा डिआइजी कारबाहीमा लागेको सशस्त्र प्रहरी अधिकारीको आशंका छ । यता संगठन र बाहिनीको आदेशबिपरित सप्तरीका एसपी तिर्थ पौडेलले घुुमवा परिचालन गरेका छन् ।

जवान प्रबिन्द्र खेरबार र अर्जुन यादबलाई सिभिलमा तस्करीको सेटिङ मिलाउन खटाइएको स्रोत बताउँछ । खेरबारको दरबन्दी काठमाडौस्थित कार्यदल गण हो । सप्तरीमा अहिले बनैनियाबाट पुटुङ सिहं, दिपक सिहं र शिव शंकरले मदिरा तस्करी गराउँदै आउएको स्रोत बताउँछ ।

उता बारा र पर्सामा पनि फिल्डमा कमजोरी देखिएपछि केही प्रहरी कारबाहीमा परेका छन् । पछिल्लो समय सशस्त्र प्रहरीले विभिन्न जिल्लामा दैनिकजसो तस्करीका सामान पक्राउ गरिरहेको छ । यसले चोरी तस्करी केही हदसम्म नियन्त्रण भएको छ । तर, केही अधिकृत भने नेतृत्वलाई भ्रममा पार्दै कमाउने धन्दामा तल्लिन छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १५:३६