सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी हिरासतमा रहेका शेर्पा बाथरुममा लडेपछि टाउकोमा चोट

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीमा उपस्थित भएका नेपाली कांग्रेसका पूर्वसभासद् आङटावा शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्याइएको छ ।

काठमाडौं प्रहरीका अनुसार उनी डिस्चार्ज पनि भइसकेका छन् । शेर्पाको बाथरुममा लडेपछि टाउकोमा चोट लागेकाले उनलाई वीर अस्पताल पुर्याइएको थियो ।

उनी प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणक बिचौलियालाई भेटेर शेर्पाले बयान फेर्न दबाब दिएको आरोप लागेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १२:२५