स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्ततः कानुनी रूपमा दर्ता भएको छ । तीन वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको यात्री अन्ततः डिजाइन स्टुडियो प्रालि नामले दर्ता भएको हो ।
कम्पनीले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो स्पेसियल सिरिजको यात्री पी–१ मोटरसाइकल दर्ता भएकोबारे जानकारी दिएको छ ।
गत वैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्री निर्माण टिमलाई भेटेका थिए । भेटपछि उनले विभागलाई ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं