पछिल्लो एक महिनामा चट्याङ लागेर ५ जनाको ज्यान गएको छ । ४३ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि हिजोसम्ममा चट्याङका ४४ वटा घटना भएका छन् ।
यसमा परेर पाँच जनाको ज्यान गएको हो भने ४३ जना घाइते भएका छन्। चट्याङ लागेर घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । गएराति चट्याङ लागेर दैलेखमा एकै घरका चार जना घाइते भएका छन् ।
डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । उनीहरुको उपचार भइरहेको छ । हिजो पहाडी क्षेत्रका धेरैजसो ठाउँमा हावाहुरी र मेघगर्जनसहित चट्याङ परेको थियो।
आज पनि पहाडी जिल्लामा दिउँसो पछि हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ