सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बस्दै

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बस्दैछ ।

गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो समयसम्म संसदीय समितिहरु काम बिहिन भएका थिए । सबै समितिहरुको बैठक मंगलबार बिहान ९ बजे बस्नेछन् ।

प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समिति, अर्थ, कानून, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका छन् ।

संसदीय समितिहरुलाई मिनी संसद पनि मानिन्छ । तर समितिहरुले दिएका सुझावहरु सरकारले कार्यान्वयनमा चासो भने नदिने गरेको गुनासो बिगतमा सांसदहरुले गर्दै आएका थिए ।

सबै समितिमा सभापतिहरु भने चयन नभएकाले बैठकको अध्यक्षता समितिमा रहेका जेष्ठ सदस्यले गर्नेछन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०७:३३