सूचनाको शक्ति - The Power Of Information

        

संसद्को संयुक्त कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति गठन

‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेश गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

१६ सदस्यीय सो मस्यौदा समितिमा अनितादेवी, जीवन परियार, ध्रुवबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौंला, मेटमणि चौंधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाई, सुवाषचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे रहेका छन्।

सो मस्यौदा समितिलाई कार्य सम्पादनका लागि ७ दिनको समय दिइएको छ। समितिले मस्यौदा तयार पार्नका लागि विज्ञहरुको समेत सुझाव लिन सक्ने कार्यादेश दिइएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १८:४०