सूचनाको शक्ति - The Power Of Information

        

भोलि फेरि लिइनेछ बालकृष्ण खाँणको बयान

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलबार पनि हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि लिने भएको हो ।

आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौँ सवाल जवाफ भएका थिए । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गएको वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।

आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायब पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गर्दै त्यसबापत लाभ लिएको आरोप उनीमाथि आरोप छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १५:१३