नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको बयान सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बयान सकिएलगत्तै उनलाई गाडीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गएको वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।
आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायब पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गर्दै त्यसबापत लाभ लिएको आरोप उनीमाथि आरोप छ ।
सत्यपाटी संवाददाता । काठमाडौं