सूचनाको शक्ति - The Power Of Information

        

टोपबहादुरको सांसद पद अब के हुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने ठगी कार्यमा संलग्न रहेको आरोप लागेपछि फरार रहेका उनलाई आइतबार प्रहरीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेसँगै उनको सांसद पद निलम्बन हुने भएको छ । तर त्यसका लागि प्रहरीले संसद सचिवालयमा नियन्त्रणमा लिएको जानकारी गराउनुपर्नेछ ।

प्रहरीले प्रतिनिधिसभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ । कुनै पनि सांसद पक्राउ परेको सूचना संसदलाई जानकारी गराएपछि पद निलम्बनमा पर्ने प्रतिनिधिसभाका पूर्वसचिव गोपाल योगीले बताए ।

संसद चलिरहेको अवस्थामा सभामुखले बैठकमा जानकारी गराउने प्रावधान छ भने अधिवेशन नरहेको अवस्थामा सूचना टाँसेर जानकारी गराउने संसदीय प्रावधान प्रावधान छ । तर, रायमाझी पक्राउ परेको जानकारी अहिलेसम्म संसदलाई नगराइएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १५:०३