सूचनाको शक्ति - The Power Of Information

        

३६ करोड महसुल नतिरेपछि उदयपुर सिमेन्ट उद्योगको बिजुली काटियो

उदयपुर सिमेन्ट उद्योगको बत्ती काटिएको छ । बिद्युत् प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाएपछि आइतबार बिद्युत् काटिएको हो । बिद्युत् कटौति गरेपछि उद्योग संकटमा परेको छ ।

नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तीसमेत काटिएपछि उद्योग थप संकटमा परेको छ । उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीले एक साताअघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिएपछि बिजुली काट्नु परेको जानकारी दिए ।

‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता थियो, सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौ ं। तर, पूर्ण रूपमा बिद्युत्लाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौँ’ उनले भने ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १०:५५