सूचनाको शक्ति - The Power Of Information

        

टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा उपस्थित गराइँदैछ।

एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन लागिएको हो।

शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार प्रहरीले बुढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियाे।

आइतबार साँझ पक्राउपछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज अदालत लैजान लागिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १०:३६