सूचनाको शक्ति - The Power Of Information

        

गर्मी मौसममा काँक्रो खानुका फाइदै फाइदा

अहिलेको गर्मी मौसममा काँक्रोलाई अमृत समान मानिन्छ । काँक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । काँक्रोलाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी लगाउँदा आँखा वरिपरि भएको कालो दाग हटेर जान्छ ।

काँक्रोमा प्रशस्त मात्रामा पानी पाइने भएकाले यसले हाम्रो शरीरमा आवश्यक पर्ने पानीको मात्रालाई कायम राख्ने काम गर्दछ । यसका साथै काँक्रोको प्रयोगले हाम्रो शरीरमा नुन युरियनको मात्रालाई कम गर्न सहयोग गर्दछ ।

काँक्रोलाई सलादको रूपमा प्रयोग पनि खान सकिन्छ । साथै यो गर्मीमा नुन खुर्सानीसँग मोलेर अचार बनाएर खाँदा त्यो स्वाद कसैले बिर्सिन सक्दैन । काँक्रोमा क्याफिन, कुकुर विटासिन्स, लुटेन, फिस्टिन लगायत तत्त्व हुन्छन् । जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन् ।

काँक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्सर सेल्स बढ्न नदिने चिकित्सकले बताएका छन् । काँक्रो जति स्वादिष्ट छ त्यति नै फाइदाजनक पनि छ । त्यसैले गर्मी मौसममा कोक्रालाई शीतलता प्रदान गर्न मात्र होइन । अनुहारमा र आँखामा चमक ल्याउन सकिन्छ ।

काँक्रोका फाइदा

  • काँक्रोको सेवनले शरीरमा भएको कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।
  • काँक्रोको सेवनले अनुहारमा चमक ल्याउन मद्दत गर्छ ।
  • काँक्रोमा फाइबर र प्रशस्त मात्रामा पानी पाइने कारण यसको दैनिक सेवनले तौल घटाउन मद्दत गर्दछ ।
  • फ्रेस काँक्रोको चानालाई आँखामा दैनिक आँधा घण्टा राख्दा आँखा चम्किलो हुन मद्दत गर्दछ ।
  • काँक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकन र मिनरल्स भएको कारणले शारीरिक विकासका लागि यसको महत्त्वपूर्ण भूमिका रहन्छ ।
  • काँक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ ।
  • काँक्रोको जुस बनाएर खादा मधुमेहका लागि निकै फाइदाजनक मानिन्छ ।
  • काँक्रोमा भएको पानीले विषाक्त तत्त्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन मद्दत गर्छ ।
  • काँक्रोलाई राम्ररी चपाएर खाँदा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ ।
  • दैनिक रूपमा काँक्रोको सेवनले मुखमा रहेका ब्याक्टेरिया नष्ट गरी मुखको गन्ध हटाउँछ ।
  • काँक्रोले कब्जियतको समस्याबाट मुक्त गराउँछ ।
  • मस्तिष्कलाई स्वस्थ राख्नका साथै मस्तिष्कमा कुनै रोग लाग्न दिँदैन ।
  • काँक्रोमा भएको भिटामिन ‘के’ ले हड्डीहरू बलियो बनाउँछ ।
  • पाचनपक्रियालाई बलियो बनाउन मद्दत गर्छ ।
  • काँक्रोमा भएको पोटासियमको मात्राले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ०७:४०