सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको निर्धारण गरेको छ।

बैंकले आज जेठ १ गतेका निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४२ पैसा र बिक्री दर १६४ रुपैयाँ १७ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नूहोस् कुन देशको मुद्राको दर कति?

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ०७:१६