काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाणले कागज नखाएको प्रष्टीकरण दिएको छ।
खाणले घरबाट पक्राउ गर्दा प्रहरीले फेला पारेको कागज खोसेर चपाउँदै निलेका थिए भन्ने समाचार सार्वजनिक भएको थियो।
सार्वजनिक भएको समाचारप्रति अपराध अनुसन्धान कार्यालयले खण्डन गरेको हो। उसले अनुसन्धानलाई प्रभावित पार्ने गरी झुठा समाचार नलेख्न आग्रह गरेको छ।
विज्ञप्तिमा कार्यालयले उल्लेख गरेको छ, ‘…संगठित अपराध गरेको मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने गरी कुत्सित मनसायले झुठो आधारहीन सूचना सम्प्रेषण गरिएको समाचारमा कुनै सत्यता नभएको हुँदा भ्रममा नपर्न हुन अनुरोध गरिएको छ।’
सत्यपाटी संवाददाता । काठमाडौँ