सूचनाको शक्ति - The Power Of Information

        

मदन राईलाई सात दिन थुनामा राख्न अदालतको अनुमति

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राईलाई सात दिन थुनामा राख्न जिल्ला अदालत खोटाङले अुनमति दिएको छ । राईविरुद्ध बाल यौन दुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले बताए ।

फाउन्डेसनमा सात वर्षदेखि बस्दै आएकी १६ वर्षीया एक किशोरीले यौन दुर्व्यवहारको अभियोगमा राईविरुद्ध गत शुक्रबार जाहेरी दिएकी थिइन् । त्यही दिन राईलाई खोटाङ प्रहरीले पक्राउ गरेको थियो । शनिबार सार्वजनिक बिदा भएकाले राईलाई आइतबार अदालतमा उपस्थित गराई म्याद थप गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

अहिले ७५ वर्षीय राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । जाहेरी दिने किशोरीले फाउन्डेसनमा सात वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग छुन लगाएको लगायत आरोप लगाएकी छन् । यसअघि फाउन्डेसनमा राखिएका बालबालिकालाई राईले यौन दुर्व्यवहार गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १७:१२