नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिइएको छ । नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको हो ।
यसअघि लिएको चार दिनको म्याद आजै सकिदै थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन पूर्वगृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्भिक अनुसन्धानमा देखा परेपछि उनलाई गत बुधबार पक्राउ गरिएको थियो ।
‘फरम्याट’ गरेकाले खाँणको मोबाइल ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाइएको हो ।
‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरेपछि पूर्वमन्त्री खाँणको पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाइएको हो, डाटा रिकभरी भएपछि थप प्रमाण भेटिने आशा गरेका छौँ ।’
उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी रहने छ । हालसम्म खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके केशव दुलाल र सानु भण्डारीसँग आफ्नो भेटघाट र चिनजान भएको स्वीकार गरिसकेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं