सूचनाको शक्ति - The Power Of Information

        

‘महापुरुष’ नेफ्टा अवार्डको सहभागिताबाट आउट !

नेपाल चलचित्र प्राविधिक संघले ११ औं नेफ्टा अवार्डको नोमिनेशन आजै सार्वजनिक गर्दैछ । उपराष्ट्रपतिको उपस्थितीमा सम्पन्न हुने कार्यक्रमलाई लिएर फिल्म क्षेत्रमा पनि उत्साह छ । किनकी, यो अवार्डलाई नेपाली फिल्म क्षेत्रको एउटा प्रतिष्ठित अवार्डको रुपमा लिइन्छ ।

नेफ्टा अवार्डको उत्कृष्ट ५ मा कुन फिल्म र को–को फिल्मीकर्मी परे, त्यो १ बजे पछि थाहा होला । तर, यो अवार्डमा गतबर्षको सर्वाधिक चर्चित र १० करोड माथिको ग्रस कलेक्शन गर्न सफल फिल्म ‘महापुरुष’को टिमले भाग नै लिएको छैन ।

दुई दिन अगाडि काठमाडौंमा आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा ‘महापुरुष’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायकको अवार्ड जितेको थियो । तर, नेफ्टा अवार्ड जस्तो प्रतिष्ठित अवार्डमा नै ‘महापुरुष’ टिमले भाग नलिनुको कारण के होला ?

यो बिषयमा हामीले यो फिल्मका निर्देशक प्रदीप भट्टराइलाई सोध्यौं । प्रदीपले भने–‘मुख्यकुरा, नेफ्टा जस्तो प्रतिष्ठित अवार्डले नोमिनेशनको फर्म भन्दै ७ हजार माग्नु गलत हो । हामीले ७ हजार दिन नसक्ने होइन । तर, यो प्रवृत्ती गलत भयो । यसैले, हामीले भाग नलिने निर्णय गरेका हौं ।’

यस्तो प्रवृत्तीको विरोध गर्नुपर्ने देखेर भाग नलिने निर्णय गरेको प्रदीपले बताए । ‘बर्षमा आयोजना हुने दर्जन बढी अवार्डमा यति महंगो रकम तिर्दै भाग लिन थाल्यो भने के हुन्छ ?’ उनले प्रश्न गरे । अमेरिकामा साउनमा आयोजना हुने अवार्ड कार्यक्रमलाई भव्य र सव्य बनाउन आयोजकले कुनै कसर बाँकी नराख्ने बताएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १६:००