सूचनाको शक्ति - The Power Of Information

        

सेवाग्राही ठग्ने लेखापढीलाई धमाधम पक्रँदै प्रशासन

जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालको हो ।

सो क्रममा सेवाग्राही ठग्ने चार जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारबाहीको सुरु गरेको छ । प्रशासनले पक्राउ परेकाहरूबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताइन् । उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजार सम्म रकम लिएको पाइएको बताइन् ।

सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको बताइन् । यसैबिच सुनसरी प्रशासनले लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा निगरानी बढाइएको समेत जनाएको छ । उसले दर्ता बेगर सञ्चालनमा रहेका पसल तथा फर्म बन्द गरिएको बताएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १४:१८