सूचनाको शक्ति - The Power Of Information

        

मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

टोखामा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ । धनकुटा कुरले तेनुपा गाउँपालिका घर भइ टोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने ५५ वर्षीय निङमा शेर्पाले मादक पदार्थ सेवन गरी कुटपीट गर्दा श्रीमती मोती माया शेर्पाको शनिबार मृत्यु भएको हो ।

उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोती मायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । निङमालाई शनिबार रातिनै प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरिसकेको छ । घटनाबारे प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १२:४२