सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रका सहायक हवल्दार जितेन्द्र सहनी निलम्बित

सशस्त्र प्रहरीका सहायक हवल्दार जितेन्द्र सहनी निलम्बित भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले व्यपारीसँग झगडा गरेको उजुरी परेपछि सहनीलाई निलम्बन गरेको हो ।

सहनीले वीरगंज महानगरपालिकाको बसपार्क ईलाकामा स्थानीय व्यापारीसँग झै–झगडा गरी सशस्त्र प्रहरीको प्रतिष्ठामा आँच आउने कार्य गरेकोले सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट निलम्बन गरिएको जनाएको छ ।

सशस्त्र प्रहरी बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र प्रहरी नियमावली २०७२ बमोजिम आवश्यक छानबिनको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट निलम्बन गरिएको छ ।’ सहनी आइ.डि.नं. ४५०६४ का सशस्त्र प्रहरी सहायक हवल्दारको रुपमा पर्सामा कार्यरत रहेको थिए ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १२:१८