सूचनाको शक्ति - The Power Of Information

        

बिनाऋण पाँच विमान किन्दै निगम

वायुसेवा निगमले आन्तरिक उडानका लागि ३ साना र २ ठुला विमान खरिद गर्ने भएको छ ।

हाल २ विमानले मात्र उडान भरिरहेको निगमले खुम्चिँदो आन्तरिक बजार विस्तार गर्न विमान थप्न लागेको हो ।

खरिद गरिने ३ साना (१९ सिटे) विमानले दुर्घटना र दुई ठूला (५६/७२ सिटे) विमानले सुगममा उडान भर्नेछन् । ३ वटा साना विमान खरिद गर्ने कार्ययोजना अघि बढाउन निगमले गठन गरेको उपसमितिले प्रतिवेदन पेश गरिसकेको छ ।

थप दुई विमान किन्न निगम सञ्चालन समितिले वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिले काम सुरू गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार ०७:२७