सूचनाको शक्ति - The Power Of Information

        

आज बृहत् खोप अभियान, देशैभरि खोप लगाइँदै

फाइल तस्वीर

आज बृहत् खोप अभियान । खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई आज खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई नियमित खोप दिइँदैछ ।

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिनाभित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिनाभित्र लगाउनुपर्ने दादुरा–रुबेला र टाइफाइडका जस्ता खोप अहिले लगाइँदैछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार ०६:३९