सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीका नवनियुक्त मन्त्रीले शपथ लिए

गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । आज शुक्रवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराउनुभएकाे हाे ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई आजै मन्त्री नियुक्त गर्नुभएकाे थियाे । यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि उहाँकाे ठाउँमा कांग्रेसका आले मन्त्री बन्नुभएकाे हाे ।

गएकाे वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

१५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री नियुक्त हुनुभएको थियो । अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीसहित सात सदस्यीय बनेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १९:४१