सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

नेपाली कांग्रेस नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।

उहाँको ७८ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२००२ मंसिर २१ गते सोलुखुम्बुमा जन्मनुभएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एम.ए., बी.एल. गर्नुभएको थियो । उहाँ काठमाडौंको सिफलमा बस्दै आउनु भएको थियो ।

२००७ सालको जन–क्रान्ति कालदेखिनै नेपाली कांग्रेसमा सक्रिय रहेर उहाँले राजनीति गर्नुभएको थियो । उहाँ कांग्रेसको पूर्वकेन्द्रीय तथा पूर्वसांसद पनि हुनुहुन्छ ।

उहाँ २०४८ सालदेखि २०५१ सालसम्म गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष रहनु भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार ०९:३२