सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल : राजस्थानद्वारा कोलकाता ९ विकेटले पराजित

भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

बिहीबार कोलकाताको घरेलु मैदान ईडन ग्राडेनमा राजस्थानले कोलकातालाई ९ विकेटले पराजित गरेको हो ।

जितका लागि १ सय ५० रनको लक्ष्य राजस्थानले १३ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।

राजस्थानका लागि यशस्वी जैसवालले अविजित ९८ तथा कप्तान सन्जु सामसनले ४८ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

कोलकाताका लागि वेंकटेस अय्यरले ५७, कप्तान नितिश राणाले २२, रमिउल्लाह गुर्वाजले १८, रिंकु सिंहले १६ तथा जेसन रोयले १० रन बनाए ।

राजस्थानका लागि युजभेन्द्र चहलले ४, ट्रेन्ट बोल्टले २ तथा सन्दीप शर्मा र केएम आसिफले समान १/१ विकेट लिए ।

जितसँगै राजस्थान १२ खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको चेन्नई सुपर किङ्स दोस्रो स्थानमा रहँदा ११ खेलबाट १६ अंक जोडेको गुजरात टाइटान्स शीर्ष स्थानमा छ । सातौं स्थानमा रहेको कोलकाताको १२ खेलमा १२ अंक छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार ०८:०४