पाकिस्तानकाे सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश दिएकाे छ । अदालतले पूर्वप्रधानमन्त्री खानलाई अवैध तरिकाले पक्राउ गरेकाे भन्दै उहाँलाई रिहा गर्न आदेश दिएकाे हाे ।
सर्वाेच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदालतल गरेकाे फैसला स्वीकार गर्नुपर्ने बताएकाे छ ।
भ्रष्टाचारसँग जाेडिएकाे एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई अदालतले मङ्गलवार उहाँलाई अदालत परिसरबाट पक्राउ गरेकाे थियाे । खानका वकिलले अवैध तरिकाले पक्राउ गरेकाे भन्दै सर्वाेच्चमा निवेदन दिएका थिए ।
इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विराेध प्रदर्शन र झडपकाे सिलसिला सुरु भएकाे थियाे । पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान जानुका साथै दुई हजार जनाभन्दा धेरै मानिस पक्राउ परेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौँ