सूचनाको शक्ति - The Power Of Information

        

लायन्स क्लब अफ नेपालगञ्जमा धामी निर्वाचित

लायन्स क्लब अफ नेपालगञ्जको नेतृत्वमा मख्खन धामी निर्वाचित भएका छन् । लायन वर्ष २०२३–२०२४ का लागि भएको निर्वाचनमा धामीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

पूर्व अध्यक्षसमेत रहेका लायन्स रिजन चियरपर्सन भीम सुवेदीका अनुसार, धामीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएको नयाँ कार्यसमितिमा सरोज न्यौपाने प्रथम उपाध्यक्ष, यज्ञ बहादुर बस्नेत द्वितिय उपाध्यक्ष र तेज बहादुर रावल सचिव छन् ।

लायन्स क्लब अफ नेपालगञ्जको सह सचिवमा नर्बदा शाही, कोषाध्यक्ष टेक बहादुर खड्का र सह कोषाध्यक्ष डा सुभाष योगी निर्वाचित भएको रिजन चियरपर्सन सुवेदीले जानकारी दिए ।

बुधवार भएको निर्वाचनमा मेम्बरसीप चेयरपर्सन पुष्कर बहादुर खड्का, सर्भिस चेयरपर्सन कृष्ण प्रसाद श्रेष्ठ र कम्युनिकेशन चेयरपर्सन श्रीधर आचार्य चयन गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर सेम शाक्य, श्यामकुमार शर्मा, ज्ञानेन्द्र श्रेष्ठ, विष्णु मैनाली सहितका लायन्स लिडरहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार २०:०४