नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दै छ ।
पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाँड नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले बिहीबारका लागि पूर्व पदाधिकारीसहितको बैठक बोलाएको हो ।
बिहीबार बस्ने बैठकमा नक्कली शरणार्थी प्रकरणमा पार्टी नेताहरुको संलग्नता र त्यसले पार्टीमा पुर्याउने क्षतिको विषयमा छलफल हुने बुझिएको छ ।
बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
महामन्त्रीद्वयको प्रस्तावमाथि पनि बिहीबार छलफल हुने बुझिएको छ । बुधबारको बैठकमा सहमति नजुटेपछि बिहीबारका लागि बैठक बोलाइएको हो ।
नक्कली शरणार्थी प्रकरणमा कांग्रेस पार्टीका अन्य नेताहरुले पनि अवैध रकम बुझेको बयान पक्राउ परेकाहरुले दिएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ