सूचनाको शक्ति - The Power Of Information

        

वनमा आगलागी हुँदा दैलेखमा १२ जना घाइते

दैलेखको आठबीस नगरपालिका–६ माल्याको वनमा आगलागी हुँदा १२ जना घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय आधारभूत स्वास्थ्य चौकी राकममा प्राथमिक उपचार भइरहेको नगरपालिकाकी उपमेयर कल्पनाकुमारी थापा चन्दले जानकारी दिनुभयाे । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री रोजगारको काम गर्न जङ्गलमा गएका उनीहरू आगलागी हुँदा ओडारमा बसेका थिए । आगोको मुस्लो ओडारमै पसेपछि उनीहरू घाइते भएका हुन् । घाइतेहरूकाे उपचारका लागि गृह मन्त्रालयसँग हेलिकप्टरको कुरा भइरहेको उपमेयर चन्दले बताउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १९:४६