सूचनाको शक्ति - The Power Of Information

        

शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति लिएको छ ।

बुधबार बिहान आफ्नै निवास चावहिलको मैजु बहालबाट पक्राउ परेका खाँणलाई काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहले खाँणको समेत नाम लिएपछि उनी अनुसन्धानमा तानिएका हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १९:४०