सूचनाको शक्ति - The Power Of Information

        

नक्कली शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो ।

शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेर प्रहरी परिसर टेकु लगिएको छ । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भए पनि फरार रहँदै आएका हुन् ।

पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।

हिरासतमा रहेका पाण्डेले पूर्वगृहमन्त्री खाणसहित अन्यको पनि नाम लिएको र पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १०:२६