सूचनाको शक्ति - The Power Of Information

        

ब्याजदर घटाउने अर्थमन्त्रीको रटान

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् ।

राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् ।

उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे ।

सांसदहरुले महत्वपूर्ण सुझाब दिएको उल्लेख गर्दै मन्त्री महतले सांसदले गरेका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरिने विश्वास दिलाए ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ०७:३१