सूचनाको शक्ति - The Power Of Information

        

रोटी पकाउँदा गम्भीर गल्ती, स्वास्थ्यमा अति क्षति

अहिलेको समयमा दाउरामा खाना पकाउने मान्छे एकदम कम छन् । यसबीच कतिपयले प्यान (तावा)को सट्टा सिधै ग्यासको आगोमा रोटी पकाउँछन् ।

वास्तवमा, ग्यासमा पकाएपछि रोटी राम्रोसँगै स्वादिलो पनि हुन्छ । त्यसैले अधिकांश गृहिणीहरूले रोटी पकाउन यो विधि अपनाउँछन् । तर स्वाद कहिलेकाहीँ स्वास्थ्यमाथि महंगो पर्दछ । यसरी पकाएको रोटी खाँदा शरीरलाई फाइदा हुँदैन ।

आज हामी तपाईलाई त्यसैको बारेमा बताउन गइरहेका छौं, ताकि तपाईले रोटी पकाउने तरिका परिवर्तन गर्न सक्नुहोस् । किनकी यस्तो रोटी खाँदा तपाईको मात्र होइन सम्पूर्ण परिवारको स्वास्थ्य खराब हुन्छ ।

रोटी सिधै ग्यासको आगोमा पकाउनुका बेफाइदा

हालै, जर्नल इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित एक अनुसन्धानका अनुसार यसरी रोटी पकाउँदा वायु प्रदूषक निस्कन्छ, जसलाई डब्लुएचओले हानिकारक मान्छ । ती प्रदूषक हावालाई कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड भनिन्छ ।

फूड स्ट्याण्डर्ड अष्ट्रेलिया र न्यूजील्याण्डका वैज्ञानिक डा.पल ब्रेन्ट (२०११) द्वारा प्रकाशित अनुसन्धानले ग्यासको आगोमा रोटी पकाउदा क्यान्सरजन्य रसायनहरू उत्सर्जन हुने देखाएको थियो, जुन स्वास्थ्यका लागि हानिकारक साबित भैदिन्छ ।

तर, सिधै ग्यासमा पकाएको रोटीले स्वास्थ्यलाई हानी पुर्याउँछ भन्ने कुरा अहिलेसम्म पूर्ण रूपमा प्रमाणित भैसकेको भने छैन् । यो विषयमा अझै थप अनुसन्धान आवश्यक छ ।

तर अहिलेसम्मको अनुसन्धानलाई आधार मान्ने हो भने सिधै ग्यासको आगोमा पकाएको रोटी स्वास्थ्यका लागि लाभदायक हुँदैन । त्यसैले तावामा नै रोटी पकाउने प्रयास गर्नुहोस् । सावधानी हट्दा नै दुर्घटना हुन्छ, समयमा नै सचतेना अपनाउनु बुद्धिमानी हुनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ०७:१८